Pathashala

Product Details

Title:Pathashala

ISBN:N000000135

Author:Tirtha Gurung

Publisher:Book Hill Publication

Publish Year:2017

Edition:First Edition

Cover:Paper Back

Subject:Nepali Fiction

Language:Nepali

Pages:247

Size:13 x 197 mm

Weight(gms):255

Price:USD 4.71

  Add To Cart
  • उपन्यास पाठशालाको केही अंश
    कहिलेकाँही यस्तो पनि लाग्छ, नेपाली गुरू नभएको भए कस्तो हुन्थ्यो होला। मेरो स्कुले जीवनमा म त्यस्तो भयङ्कर बदमास त थिइनँ। मैले कसैसँग झगडा गरिनँ। बरु सानोमा अरूको पिटाइ खाएँ। तर, ध्रुवसँग किन हिँडेको भनेर घरमा मलाई बाको प्रश्न हुन्थ्यो।

    ध्रुवसँग हिँड्न थाल्यो भने बिग्रन सक्थेँ, चुरोट खाएर, गाजा खाएर। कृष्णको सङ्गत नगर्, क्लासमा पछाडि नबस्… सरहरूसँग प्रश्न सोध्… इत्यादि–इत्यादि। केटाहरू कस्ता छन्, सब बालाई थाहा छ, जासुस नै हुन्जस्तो लाग्छ। पाइन्ट कम्मरभन्दा तल झरेमा, अगाडिको कपाल अलि ठडिएमा, यहासम्म कि मैले मुख नढाकीकन हाई काढेमा पनि त्यो कुरा बाको कानमा सीधै पुग्थ्यो। मैले जानीजानी कुनै सर वा मिसलाई वीस नगरेमा, ट्वाइलेटमा बढी बसेमा, स्कुल नआएमा गुरूबाट बालाई खबर भैहाल्थ्यो। जे होस्, कुरौटे गुरू नारदमुनि नै हो।
    एकचोटि नौमा हुदा स्कुल नगई हामी रानीमहल पुगेका थियौँ। घरबाट स्कुल जाने भनेर निस्कियौँ, झोलामा किताब हैन, अर्कै लुगा कोचेर। पदमको मामाघरमा गएर लुगा गर्र्यौँ अनि विन्दवासिनी हलतिर टाप दियौँ। त्यसरी ठगेर गएको हुनाले फिल्म हेर्दा पनि डराइरहेको थिए। हुन त बा हिन्दी फिल्म पटक्कै हेर्दैनन् तर मैले बाजस्तै मान्छे हलमा देखेँ र बा भनेर जिरिङ–जिरिङ पनि भए। त्यो मान्छे फिल्म हेर्नुभन्दा मलाई नै घुरिरहेको थियो।

    पछि बहुदल मःमः तथा सेकुवा सेन्टरमा दुई–दुई प्लेट बफ मःमः र एक–एक प्लेट चाउमिनसँग एक–एक बोतल चिसो हतारमा दन्कायौँ। मैले चाहि सिध्याउने बेलामा अलि ढिलो गरेँ, ताकि साथीहरूले पैसा तिरिहालून्। त्यो मेरो ट्रेडमार्क नै हो। कतै केटाहरूसँग खादा मैले तिरेको छैन, कहिल्यै तिरेको छैन। त्यसरी खाना ढिलो गर्ने वा खाइसकेर ट्वाइलेटमा हराउने अनि कहिल्यै काउन्टरमा पैसा नतिर्ने भएर केटाहरू मलाई भुक्का भन्छन्। केटाहरूको धेरै खाएको छु। पछि टन्न पैसा कमाउन सकेँ भने केटाहरूलाई कुखुराको सपेटाले दात माझ्न लगाएर बियरले कुल्ला गर्न लगाउनुपर्ला। अर्काको फोकटमा खान पनि त भएन नि, हैन!

     

    Tirtha Gurung

  • Send your message

    Need Assistance

    Our team is 24/7 at your service to help you.
    +977 1 4221546

Related Books

Follow Us