Namaste! we are accepting orders but expect a delay in Shipping as Nepal postal service has not resumed international shipping. Really sorry for inconvenience. We will update once shipping resumes.

Artha Rajnitik Bisangati Rastra Nirmanko Tagaro

Product Details

Title:Artha Rajnitik Bisangati Rastra Nirmanko Tagaro

ISBN:9789937746069

Author:Devendraraj Panday

Publisher:Fineprint Books

Publish Year:2021

Edition:First Edition

Cover:Hard Back

Subject:Nepali Politics

Language:Nepali

Pages:154

Size:135 x 186 mm

Weight(gms):255

Price:USD 4.50

  Add To Cart
  • नेपालको अर्थराजनीति बुझ्न देवेन्द्रराज पाण्डेका विचार आत्मसात् नगरी सुखै छैन । निरन्तर अविकासको पासोमा फसिरहेको नेपालको विकासको कथा छिचोल्न र पर्गेल्न पाण्डेका पारखी आँखा माहिर छन् । यी आँखा इतिहासका आँखीझ्याल मात्र होइनन्, आलोचनात्मक चिन्तनका चहक पनि हुन् ।

    पुस्तक २०४० को दशकमा प्रकाशित उनका लेख र अन्तर्वार्ताको सँगालो हो । पञ्चायतकालमै अर्थसचिवको भूमिका सम्हालिसकेका र २०४६ को जनआन्दोलनपछि बनेको कृष्णप्रसाद भट्टराई नेतृत्वको अन्तरिम सरकारमा अर्थमन्त्री भइसकेका पाण्डेका अर्थराजनीतिक चिन्तन त्यो समयका साक्षी हुन् नै, आलोचनात्मक र रचनात्मक चेतका ज्योति पनि हुन् । करिब चार दशक बित्न लाग्दासमेत लोकतन्त्र र विकासका आधारभूत सवाल आज पनि उस्तै छन् । राजनीतिक परिस्थिति अवश्य बदलिएको छ । पञ्चायतकालमा प्रतिबन्धमा समेत परेको यो पुस्तकले त्यति बेला उठाएका आर्थिक, सामाजिक र राजनीतिक सवाल अझै उत्तिकै सान्दर्भिक र ताजा छन् ।

    समयसमयमा उर्लिने जनविद्रोह र त्यसपछि आउने निराशाको लहर अहिले पनि उस्तै छ । त्यसबाट निस्केर सोच्न र अघि बढ्न पाण्डेका विचार आज पनि उत्तिकै सहयोगी छन् । उनको यस्तै लेख र अन्तर्वार्ताको अर्को सँगालो नेपाली अर्थराजनीति : चुनौती र विकल्प प्रकाशित छ। पाण्डेको नयाँ कृति एक ज्यान, दुई जुनी पनि फाइनप्रिन्टबाट भर्खरै प्रकाशन भएको छ ।

     

    Devendraraj Panday

  • Send your message

    Need Assistance

    Our team is available 9:30 AM - 9 PM at your service to help you.
    +977 1 4221546 /

Follow Us